दफा १७
प्रतिज्ञापत्र लेखिदिने वा विनिमेयपत्र स्वीकार गर्ने व्यक्तिको दायित्व
प्रतिज्ञापत्र लेखिदिने वा विनिमेयपत्र स्वीकार गर्ने  व्यक्तिले भुक्तानी मिति पुगेपछि रीतपूर्वक भुक्तानीको लागि पेश हुन आएको विनिमेय अधिकारपत्रको भुक्तानी दिनुपर्नेछ । त्यस्तो विनिमेय अधिकारपत्रको भुक्तानी नदिएबाट भुक्तानी पाउने पक्षलार्ई कुनै हानी नोक्सानी भएमा प्रतिज्ञापत्र लेखिदिने वा विनिमेयपत्र स्वीकार गर्ने व्यक्तिले त्यसको क्षतिपूर्ति समेत यो ऐनेबमोजिम दिनुपर्नेछ ।